शनिवार १०९ संक्रमित थपिए, २ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर १०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यससगै हालसम्म कुल संक्रमित हुनेको संख्या दुई लाख ७० हजार ८५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रलयका अनुसार शनिवार ३५० जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ।

यससगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०२७ पुगेको छ।

प्रकाशित मिति : माघ १७, २०७७ शनिबार  १ : ०२ बजे