सोलुखुम्बुमा नेकपा परित्याग गरि ८९ जना कांग्रेसमा प्रवेश गरेका छन ।जिल्लाको माप्य दुधकोशी गाउँपालिका २ खालीमा भएको एक कार्यक्रममा उनिहरु कांग्रेसमा प्रवेश गरेका हुन ।तेस्तै केहि दिन अघी मात्रै जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ खरिखोलामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका वडा उपाध्यक्ष राम बहादुर थापा मगर सहित १५७ भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नब प्रबेसीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसी,कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की, कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेत , लगायत नेताहरुले खादा र अबिरले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले देशमा फेरी तानाशाही ब्यबस्थाको खतरा बढेकोले जनताले खबरदारी गर्नुपर्ने बताए ।नेता केसिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अन्धकार र अधोगती तिर लगेको आरोप लगाए ।
कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेतले बर्तमान सरकार र नेकपाले देशमा लोकतन्त्र सिध्याउन खोजेको आरोप लगाए ।बस्नेतले नेकपाले देशमा उतर कोरियाको जस्तो शासन लाद्न खोजेको भन्दै सरकार र नेकपाको चर्को आलोचना गरे ।


तेस्तै कार्यक्रममा बोल्दै कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीले आगामी निर्बाचनमा कांग्रेस देशकै पहिलो पार्टी हुने दाबी गरे । नेता कार्किले बर्तमान सरकार र नेकपाका कारण देश अस्थिरताको बाटोमा गएको भन्दै कम्युनिस्टहरूको असक्षमता पुष्टी भइसकेकोले अब देशमा कांग्रेसको बिकल्प नभएकोमा जोड दिए ।
कार्किले सोलुखुम्बुका जनता कांग्रेसको साथमा रहेको उल्लेख गर्दै जिल्लाको समग्र बिकाशमा कांग्रेसकै योगदान रहेको र अबपनी कांग्रेसकै नेतृत्वमा जिल्लाको बिकाश निर्माण अघी बढाइने बताए ।
कार्यक्रममा कांग्रेस सोलुखुम्बुका पुर्ब सभापती आङ गेलु शेर्पा,सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांगवु शेर्पा, कांग्रेसका सोलु जिल्ला सचिब धनजन राइ, कांग्रेस नेता आङ छिरिङ शेर्पा, कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्की,नेता राम बहादु बस्नेत, कांग्रेस सोलुखुम्बुका सहमहामन्त्री कुशराज राई,जिल्ला प्रचारप्रसार विभाग प्रमुख तथा नेपाली कांग्रेस सोलुखुम्बुका सदस्य नवीन थापा, युबा नेता चोलेन्द्र कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए ।








