कांग्रेसको भातृसंगठन द्धारा सदरमुकममा मोटरसाइकल र्याली



नेपाली कांग्रेसको भातृसंगठनहरुले सरकारको विरुद्धमा जिल्ला सदरमुकम ओखलढुंगामा मोटरसाइकल ¥याली गरेका छन् । नेपाल तरुण दल, नेविसंघ, नेपाल दलित संघ, आदीवासी जनजाती संघ, महिला संघले सामुहिक रुपमा आज मोटरसाइकल ¥याली गरेका हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संबैधानीक व्यवस्था माथि हमला गरेको भन्दै नेपाली कांग्रेसले संसद पूनःस्थापनाको माग गर्दै आएको छ । पार्टीले गरेको आन्दोलनका कार्यक्रम लाई ऐक्य बद्धता जनाउदै भातृ संस्थाहरुले देशभर विभिन्न प्रकृतिका विरोधका कार्याक्रमहरु गर्दै आएको छ । देशभर भातृसंगठनहरुले विरोधका कार्यक्रम गर्ने पार्टीको निर्णय अनुसार आज भातृ संगठनहरुले मोटरसाइकल ¥यालीमार्फत विरोध जनाएको नेपाल तरुणदलका जिल्ला कोषाध्यक्ष अर्जुन राइले बताउनुभयो ।

रामबजारस्थित पार्टी कार्यालय बाट सुरु भएको मोटरसाइकल ¥याली भैरव टोल, गणेशचोक, नगरपालिका परिषर बाट रमाइलोडाडा हुँदै मिलनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । भातृसंगठनहरुको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति तेजेन्द्र खनालले केपी ओलीको नक्कली राष्टवादले देश डुम्बन लागेको बताउनुभयो । संविधान सभावाट निर्मीत लोकतान्त्रीक संविधानलाई असफल बनाउने नियोजित ढंगले संसद विघटन गरेर ओली सरकारले देश र जनतामाथी अपमान गरेको बताउनुभयो ।

आफ्नै स्थिर सरकार ढाल्न र केपी ओलीलाई सिध्याउन खोज्दा माधव–प्रचण्ड समुहको राष्टवाद सडकमा आइपुगेको भन्दै कम्यूनिष्टहरुले नेपाल र नेपाली जनताका लागि भन्दापनि आफ्नो कुर्सी टिकाउने खेलमा लाग्दा देशमा यो अवस्था आइपुगेको खनालको भनाइ छ । कार्यक्रममा आयोजक संगठनका नेताहरुले लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्दै नेपाल र नेपालीको समस्याहरु स्थायी रुपमा समाधान गर्ने बाटोमा नेपाली कांग्रेस लागेको हुँदा सबै नागरिकहरु कांग्रेसको निति कार्यक्रम र विचार बोकेर गाउगाउबाट उडठ्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  ७ : ११ बजे