अख्तियारका आयुक्त गणेशराज जोशीद्वारा राजीनामा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त पदबाट राजीनामा दिएका छन ।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् ।

 

प्रकाशित मिति : माघ २१, २०७७ बुधबार  ११ : १० बजे