आज देखि मौसम सफा



आज (आइतबार) देखि मौसम सफा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहे पनि कम्तीमा ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना नदेखिएको हो।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश १ को पहाडी तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली हुनेछ भने बाँकी ठाउँमा मौसम सामान्यतया सामान्य रहनेछ।

हिमपातका कारण अहिले काठमाडौंसहित देशका धेरै ठाउँमा चिसो वढेको छ ।

हिजो उपत्यकासहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा बर्षासहित हिमपात भएको थियो ।

काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ ।

प्रकाशित मिति : माघ २५, २०७७ आइतबार  ४ : ४९ बजे