पछिल्लो २४ घण्टामा १०५ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमित मध्य काठमाडौं उपत्यकामा ४७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् । ।

गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ३ सय ३ जना छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  २ : ११ बजे