भागिरथी भट्ट बलात्कारपछि हत्या : अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी



प्रहरिले भागिरथी भट्टको बलात्कारपछि हत्या गर्ने युबकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भागिरथीकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षे युवक रहेका छन ।

पक्राउ परेका उनलाई प्रहरीले केही बेरमै सार्वजनिक गर्दैछ ।

प्रहरीले ती अभियुक्तलाई नै बलात्कारी र हत्यारा भएको दाबीसहित सार्वजनिक गर्न लागेको हो ।

पक्राउ पछिको अनुसन्धानमा ति युबकले आफूले भगरथीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार उनी पनि भागिरथीको बलात्कारपछि हत्याको छानबिन गरी तत्काल अपराधी पक्राउ गर्न दवाव दिँदै आएको समूहसँग अग्रपंक्तिमा समेत देखिँदै आएका थिए ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ३ : ०१ बजे