भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक



प्रहरीले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपित सार्वजनीक गरेको छ । बुधबार प्रहरीले सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गर्दै आरोपी सार्बजनिक गरिएको हो ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा आरोपी पक्राउ गरिएको जानकारी दिदै डिआइजी सुवेदीले भने ‘अहिलेसम्मको अपरोपमा व्यक्तिको तत्काल उपस्थिति, सोधपुछका क्रममा दिएको बयान, सबैका आधारमा आरोपी समातिएको हो ।

उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ९ : ५२ बजे