पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि नयाँदिल्ली जाँदै



पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । डा । भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।

उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आइतबार  २ : ५२ बजे