भारतबाट १० लाख डोज खोप आज नेपाल आउँदै



नेपाल सरकारले भारतबाट किनेको २० लाख डोज खोप मध्य कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं आउने भएको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १: ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन लागेको जानकारी दिए। उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।

उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा । समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार  ३ : ०८ बजे