लाहानमा बम बिष्फोट : गम्भिर घाइते २ जनालाई काठमाडौं ल्याउने तयारी



सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ७ जना घाइते भएका छन् भने घाइते मध्य ३ जनाको अवस्था गम्भिर छ ।

घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार  ८ : ५९ बजे