नेपालमा फेरि कोरोना त्रास : सभा, जुलुस र गोष्ठी नगर्न सरकारको अनुरोध



फेरी कोरोना फैलिना सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा .डा .जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्।प्रवक्ता गौतमले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन ।अनिवार्य रुपमा मास्को प्रयोग गर्न र सामाजिक र भौतिक दूरी कायम गर्न पनि उनले आग्रह गरेका छन ।

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  १२ : १७ बजे