चीनले दिएको कोरोनाविरुद्धको खोप काठमाण्डौ आइपुग्यो



चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

सोमबार बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट खोप काठमाडौं ल्याइएको हो ।

त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  ५ : २१ बजे