सोमबार देशमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म मुलुकभर २ लाख ७६ हजार ९ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै २ लाख ७२ हजार ६ सय १२ संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भएका छन् ।
सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको छ ।










