त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई



त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि नेपालले जितेको छ ।

दशरथ रंगशालामा सोमबार बेलुका भएको उक्त खेलमा आयोजक टोली नेपालले बंगलादेशलाई २/१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको १७ औं मिनेटमा नेपालका लागि सन्जोग राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

उनी डेब्यु गरेको दोस्रो खेलमा गोल गर्न सफल रहे । यस्तै ४१ औं मिनेटमा विशाल राईले गोल गरे ।

उनले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

यस्तै खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुब रेहमानले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  २ : २५ बजे