घाँस काट्न जाँदा हराएका महोत्तरीभंगाहा नगरपालिका-८ धरमपुपरका सात बालिका-किशोरी भारतको सीतामढीमा भेटिएका छण । उनीहरूलाई घर फर्काउन पहल शुरू गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली उनीहरूलाई लिन सितामढीतर्फ हिँडेका छन् । आजै दिउँसो २ बजेसम्ममा महोत्तरी ल्याइपुर्याइने प्रहरीले अधिकारीले बताएका छन् ।
यस अघी धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान हराइरहेका थिए ।










