नेपाली फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह नियुक्त



कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनलाई एक वर्षका लागि नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ-एन्फा) ले जनाएको छ ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसीपमा अब्दुल्लाहले नेपाली टिम सम्हाल्ने छन् ।

 

प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार  ७ : ५४ बजे