मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण



हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।

उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।

उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ ।

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : १६ बजे