कर्णाली सरकारका ३ मन्त्रीले आज राजीनामा दिँदै



कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले आज राजीनामा दिने भएका छन् ।

सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशनदिएअनुसार मन्त्रीहरुले राजिनामा दिन लागेका हुन्।

केन्द्रमा नेकपा विभाजित भएर एमाले तथा माओवादी केन्द्र ब्युतिएपछि कर्णालीको प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  ४ : ०२ बजे