पछिल्लो २४ घण्टामा देशमा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिएको हो ।
यससगै कोरोना संक्रमितको जम्मा संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमितको संख्या भने २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।








