४९० संक्रमित थपिए,५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३र१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०र१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।

तेस्तै पछिल्लो २४ घण्टामा १५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। त्यस्तै कोरोना संक्रमण भएर ४ हजार ३८४ जना आइसोलेसनमा रहेका छन् र ६८ क्वारेन्टाइनमा रहेका छन्।

हाल देशभर ४ हजार ३८४ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : बैशाख २, २०७८ बिहिबार  १२ : २७ बजे