पछिल्लो २४ घण्टामा देशमा थप ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।
त्यस्तै २४ घण्टामा २०८ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७४ हजार ८१२ पुगेको छ ।








