त्रिदेशीय टि-२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित



नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सहज जित निकालेको छ । त्रिदेशीय टि-२० सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलामाअ नेपालले नेदरल्यान्ड्सविरुद्ध जिता निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि डेब्युट्यान्ट कुशल भूर्तेलले ६२ रनको उत्कृष्ट पारी खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासमेत प्रहार गरे । ५४ रनको अविजित इनिङ खेलेका आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सका जुलियन डी मेलेको नाममा एकमात्र विकेट रह्यो । नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले ११ विकेट लिए ।प्रतियोगिताको दोस्रो खेलमा भोलि नेदरल्यान्ड्स र मलेसियालेबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ११ : २० बजे