प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक अहिले ९ बजेको लागी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालेका छन् ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ ।
विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ ।
आजको मन्त्रीपरिषद बैठकमा बिधालय बन्दबारे निर्णय आउन सक्ने ब ताइएको छ ।








