थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशमा थप १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।

यस्तै २ लाख ७५ हजार ५५५ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा २५५ संक्रमित निको भएका छन् ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ११ : ०९ बजे