त्रिदेशीय टी-२० सिरिजः : नेदरल्याण्डद्वारा नेपाल पराजित



त्रिदेशीय टी २० सिरिजको आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले पराजित गरेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको हो ।

नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याएर जवाफमा ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९ ।३ ओभरमा ७ विकेटको क्षतिमा २०९ रन जोड्दै जित हात पारेको हो ।

नेदरल्याण्डका लागि बास डी लिड नायक बने उनले ४२ बलमा ७ चौका र ५ छक्का हिर्काउँदै ८१ रन बनाए । बेन कुपरले ५५ तथा सिलरले ३१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए ।

प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार  ११ : ३९ बजे