मङ्गलबार १७ सय ३६ जनामा संक्रमण पुष्टि ,११ को मृत्यु



पछिल्लो २४ घण्टामा देशमा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जना संक्रमित पुगेका छन् ।

तेस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएकाे छ ।यससगै नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना पुगेको छ ।

२४ घण्टाकै अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।

प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार  ११ : ५२ बजे