ओखलढुंगामा कोभिड –१९ बाट प्रभावित समुदायलाई सहयोग आवश्यक



कोरोना भाइरस कोभिड–१९ को संक्रमण बृद्धिभएसंगै सबैभन्दा बढी अपांगता तथा ज्येष्ठ नागरिक प्रभावित हुने त्रास बढेको छ । पछिल्लो चरणमा बृद्धिभएको संक्रमणले युवापुस्ताहरु समेत प्रभावित हुने खतरा देखिएपनि गाउघरतिर अपांगता भएका र ज्येष्ठ नागरिकहरुमा त्रास बढेको हो । यो समुदायलाई तीनै तहका सरकार बाट आवश्यक थप सहयोग गर्नु पर्नेमा सरोकारवालाहरुको भनाइ छ ।

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुकासाथै रोकथामका उपायहहरु खोज्ने कुरामा अहिले नागरिकहरु सर्तक भएको पाइएको छ । स्थानीय तहहरुले आजोजना गर्न लागेका खेलकुद, बृहत्त भेला, सार्वजनिक कार्यक्रमहरु धमाधम रोक्न थालेका छन् । स्वास्थ्य सर्तकता संगैं प्रभावित समुदायका नागरिकलाई सहयोगको वातावरण बनाउनु पर्ने ज्येष्ठ नागरिक जिल्ला संघ ओखलढुंगाले माग गरेको छ ।

पछिल्लो समयमा कोभिड –१९ बाट अति प्रभावित अपांगता भएका व्यक्तिहरुलाई विभिन्न निकायले आवश्यक सहायक सामाग्री उपलब्ध गराएका छन् । ओखलढुंगा सामुदायिक अस्पताल अन्र्तगतको समुदायमा आधारित पूनःस्थापना कार्यक्रम र स्वास्थ्य कार्यालयको साँझेदारीमा अपांगता भएकाहरुलाई मंगलबार सहायक सामाग्री वितरण गरिएको स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ । अपांगताको क्षेत्रमा काम गर्ने संस्था फोडिड नेपाल ओखलढुंगाको सहजीकरणमा चम्पादेवी गाउपालिका र सूनकोशी गाउपालिकाका विभिन्न वडामा रहेका कोभिड –१९ बाट अति प्रभावित अपांगता भएकाहरुलाई सहायक सामाग्री वितरण गरिएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

ह्वीलचियर, कम्बोर्ड, सेतो छडी, पर्चेट, सेनीटरी प्याड लगायतका सहायक सामाग्रीहरु सुनकोशी र चम्पादेवी गाउपालिकाका भिन्न भिन्न प्रकृतिका अपांगता भएका सात जनालाई उपलब्ध गराईएको फोडिड नेपाल ओखलढुंगाका अध्यक्ष गोपालमान थापाले जानकारी बताउनुभयो । कोभिड –१९ बाट अति प्रभावित अपांगता भएका व्यक्तिहरुलाई आवत जावत तथा दैनिक क्रीयाकलापमा सहजता ल्याउने उदेश्यले उक्त सहायक सामाग्री उपलब्ध गराइएको थापाले बताउनुभयो । सहायक सामाग्री पाएपछि अपांगता भएका नागरिकहरुले आफुहरुलाई दैनिक क्रयिाकलापमा निकै सहयोग पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

हरेक हिसावले जोखिममा रहेको अपांतगा तथा ज्येष्ठ नागरिकको क्षेत्रलाई तिनै तहको सरकार बाट आवश्यक थप सहयोग हुनु पर्ने सरोकारवालाहरुको भनाइ छ । वालवालिका अपांगता भएका र ज्येष्ठ नागरिकको क्षेत्रमा सबै पक्षबाट आवश्यक सहयोग हुनुपर्नेमा सम्बन्धीत सरोकारवालाहरुको जोड रहेको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ७ : १७ बजे