बिहिबार थप २४ सय २८ जनामा संक्रमण, ५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा थप २४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।

यससगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

तेसै गरी पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससगै कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।

तेस्तै गत २४ घण्टामा २५२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ३४५ पुगेको मन्त्रालयले जनाएको छ।

काठ्माण्डौ उपत्यकामा भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाडौंमा ९८७ जना संक्रमित थपिएका छन्।

उपत्यकामा सङ्क्रमण दर उच्च देखिएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार  ११ : १८ बजे