नेपालले मलेसियालाई ६९ रनले हरायो



त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

२१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ।१ ओभरमा १४८ रनमै अलआउट भयो ।

प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार  ११ : ४६ बजे