शुक्रबार २५ सय ५९ जनामा संक्रमण पुष्टि ५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा ९६६४ नमूना परीक्षण गर्दा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १२२ पुगेको छ ।

तेसैगरी पछिल्लो २४ घण्टामा ४१० जना निको भएका छन ।

योसगै नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् ।

गत २४ घण्टाको अबधिमा १९९ जना बालबालिका संक्रमित भएका छन् ।

प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार  ११ : ०१ बजे