प्रधानमन्त्री ओलीले गरे नवनिर्मित धरहराको उदघाटन



प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उदघाटन गरेका छन् ।

आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् ।

अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ ।

पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।

स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।

धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  ६ : ५४ बजे