मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभावकारी बन्दैछन ओखलढुंगाका सीसीटिभी



शुक्रबार सद्धिचरण नगरपालिका ११ रामबजार स्थित बासु इलेक्ट्रोनिक्स सेन्टर र वडा नम्बर १२ स्थित ओमस्टार मोबाइल सेन्टर बाट २ थान मोवाइ चोरी भयो । फरक फरक २ व्यक्तिबाट चोरी भएको मोवाइ सहित चोरीमा संलग्न सिद्धिचरण नगरपालिका–४ का पुजन घतानी र वडा नम्बर ९ का महेन्द्र श्रेष्ठ लाई प्रहरीले पक्राउ ग¥यो ।

प्रहरीको नियन्त्रणमा आएका घतानीले बासु इलेक्ट्रोनिक्स सेन्टबाट २५ हजार र महेन्द्र श्रेष्ठले ओमस्टार बाट साढे सात हजारको मोवाइल चोरी गरेका थिए । विहान चोरी गरेर भागेका घतानी र श्रेष्ठलाई बजारक्षेत्रमा जडान गरिएको सीसीटिभीको फुटेजका आधारमा साझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द काफ्लेले बताउनुभयो । उनिहरुलाई सीसीटिभीको फुटेजका आधारमा खोजी गर्दैजाँदा बजार क्षेत्रबाट पक्राउ गरिएको वाहाको भनाइ छ ।

घतानीले विहान ९ः३५ बजे मोवाइल चोरी गरेको सीसीटिभीको फुटेजले देखाउँछ । प्रहरी हिराशतमा रहेका घतानी र श्रेष्ठलाई चोरी अन्र्तगतको मुद्धा चलाइने प्रनाउ काफ्लेले जानकारी दिनुभयो । चोरीमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न प्रहरीको उच्च निगरानी र सीसीटिभीले सम्भव भएको ओमस्टार मोवाइल सेन्टरका प्रोप्राइटर शैलेन्द्र धमलाले बताउनुभयो ।

जिल्ला सदरमुकाम आसपासका बजार क्षेत्र तथा पार्क परिषरमा जडान गरिएका सीसीटिभी प्रभावकारी बन्दै गएका छन् । सदरमुकामका विभिन्न बजार क्षेत्रलाई कैद गर्ने गरी २० वटा सीसीटिभी जडान गरेसंगै प्रहरीलाई अनुसन्धानमा निकै सहयोग पुगेको बताइएको छ । जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्दै अपराध नियन्त्रणमा सहजता ल्याउन सिद्धिचरण नगरपालिकाको साझेदारीमा रमाइलोडाडा, मिलनचोक, नगरपालिका क्षेत्र, गणेशचोक, हटीया क्षेत्र, जिल्ला समन्वय समिति क्षेत्र, सिद्धिचरण पार्क परिषर, भैरवटोल लगायत बजारका मुख्य क्षेत्रहरुमा सीसीटिभी जडान गरिएको छ ।

बजारको सुरक्षा र प्रहरीको अनुसन्धानलाई डिजिटलाइजेशन बनाउनका लागि केही महत्वपूर्ण स्थानमा थप सीसीटिभी जडान गर्ने योजना रहेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । नगरपालिका, उद्योग बाणिज्य संघ लगायतका सहयोगि निकायहरुसंगको आर्थिक सहयोगमा बाँकी काम पुरा गर्ने वाहाको भनाइ छ । हालको योजनाअनुसार सीसीटिभी जडान गर्नका लागि १० लाख आवश्यक रहेकाले सो रकम सहयोग गर्न विभिन्न साझेदारी संस्थाहरुलाई काफ्लेले आवहान गर्नुभएको छ ।

सीसीटिभी जडान पछि बजारक्षेत्रमा हुन सक्ने अवान्छीत गतिविधिलाई एकै ठाउबाट रेकर्ड गर्न सकिने र अपराधजन्य गतिविधि गर्नेलाई नियन्त्रण गरी कानुनी कारर्वाही गर्न तथ्य प्रमाणहरु जुटाउन सहज हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सीसीटिभी जडान गरिएपछि बजारक्षेत्रमा हुनसक्ने अव्यवस्थित यातायात तथा बजार व्यवस्थापन, चोरी डकैती, मादक पदार्थ सेवन गरी होहल्ला झैझगडा गर्ने लगायत गतिविधि कार्यालयबाटै नियमित हेरीरहेकाले त्यस्ता गतिविधि गर्ने जो कोहीलाई प्रहरीले नछाड्ने बताएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ०८ बजे