पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् ।पूर्व राजा शाह र पूर्व रानी शाहलाई लाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका हुन ।
वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।
पूर्वराजारानिलाई दिउँसो १ बजे अस्पताल ल्याइएको र दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।








