शनिबार थप २,६१८ मा कोरोना संक्रमण , १४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशमा २,६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

कुल ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यससगै कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

तेस्तै गत २४ घण्टामै थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससगै कुल मृतक संख्या ३,१३६ पुगेको छ ।

गता २४ घण्टामै काठमाडौंमा मात्रै ६४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन् ।

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  १० : ५५ बजे