कोरेना संक्रमण उच्च गतिमा बढेपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ती जारी गरेर सार्वजनिक स्थानमा हुने कार्यक्रम सहभागी नहुन सर्वसाधरणलाई आग्रह गरेको छ ।
मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ ।
तेस्तै मन्त्रालयले सबै अवस्थाआमाअ मास्कको प्रयोग अनिवार्य गर्न पनि स्मरण गराएको छ ।
सबै वर्ग र उमेर समूहमा कोरोना फैलिएकाले सर्तक रहन सबैलाई मन्त्रालयले अपिल गरेको छ ।











