काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखी निषेधाज्ञा लाग्ने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको जानकारी प्राप्त भएको छ ।
सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।
बैशाख १६ पछी सार्वजनिक तथा निजी गाडीहरु बन्द हुनेछन् भने बजार, कलकारखानालगायत सबै ठप्प हुनेछन ।
कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
निषेधाज्ञा लगाउने बारेज्मा प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयमा सिफारिश गर्ने र गृहले मन्त्रिपरिषदमा प्रस्ताव गरी आज बस्ने मन्त्रिपरिषद बैठकबाट निषेधाज्ञाबारे निर्णय आउने जानकारी प्राप्त भएको छ ।








