सोमबार ३५ सय ५६ जना संक्रमित थपिए,काठमाण्डौमा मात्रै १५ सय बढी सङ्क्रमित



पछिल्लो २४ घण्टामा देशमा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

गत २४ घस्ण्टामै काठमाडौँमा १५ सय ६७ , ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् ।

२४ घण्टमै थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

 

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार  १२ : २६ बजे