झन बढ्दै कोरोना सङ्क्रमण : मङ्गलबार ४५ सय २४ जनामा संक्रमण पुष्टि ,१८ को मृत्यु



पछिल्लो २४ घण्टामा देशमा ४५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

तेसै गरी गत २४ घण्टामै कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७८ हजार ५ सय ६ पुगेको छ ।

हाल ३ सय १५ जनाको आइसियु र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँ उपत्यकामा मात्रै १ हजार ६ सय २ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा १२४ र ललितपुरमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार  ११ : ३१ बजे