बाँकेमा थप दुई जना कोरोना संक्रमितकाे मृत्यु



बाकेमा थप दुई जना संक्रमितकाे गएराति निधन भएको छ।

नेपालगन्ज १७ की ३९ बर्षीया महिला र नेपालगन्ज १२ का ६५ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

बाँकेमा हालसम्म कोरोना संक्रमणबाट ९९ ब्यक्तोको मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  ३ : ५७ बजे