काठमाडौँमा एकै दिन थपिए २ हजार ४७ सङ्क्रमित



पछिल्लो समय काठमाण्डौ उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बन्न थालेको छ ।

तथ्याङ्कमा उपत्यकामा हरेक दिन सङ्क्रमितको संख्या बढिरहेको देखिएको छ ।

यसैबिच बुधबार काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन्

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  १२ : ०३ बजे