पछिल्लो समय कोरोना सङ्क्रमणको हटस्पट बनिरहेको काठमाडौं उपत्यकामा सङ्क्रमितको संख्या लागातार बढिरहेको छ ।
शुक्रबार एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको छ ।
तेस्तै शुक्रबाराणाइ देशभरिमा ९ सय २८ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








