आन्तरिक उडान बन्द गर्न सिसिएमसीले गर्‍यो सरकारलाई सिफारिस



कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको भन्दै सिसिएमसीलेन सरकारलाई यस्तो सिफारिस गरेको हो ।

अबको मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने बताइएको छ ।

काठमाडौँ उपत्यकामा गत बिहीबारदेखि निषेधाज्ञा जारी छ। सार्वजनिक यातायातमा रोक लगाइए पनि आन्तरिक उडान भने सुचारु छ।

प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार  ८ : ४७ बजे