सरकारले समयमै तयारी नगर्दा सङ्क्रमण नियन्त्रण बाहिर गयो : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सरकारले समयमै तयारी नगर्दा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको बताएका छन ।

सामाजिक सञ्जाल मार्फत प्रतिक्रीया दिदै नेता पौडेलाले सरकारले अझै लापरवाही गर्ने हो भने अर्को दुर्दशा भोग्नुकाे विकल्प छैन भनेका छन ।

उनले छापामार शैलीमा बन्द समाधान होईन भनेर पटक पटक भन्दा सरकारले तयारी नगरेको आरोप लगाएका छन ।

नेता पौडेलले पहिलो चरणमा पाठ नसिकेको सरकार अझै जालझेलमा मैमत्त रहेको आरोप लगाएका छन ।

कोरोना विरुद्ध लड्न तक्काल कदम चाल्न पनि उनले सरकारलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार  ९ : ३० बजे