मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव पेस हुँदै : पोखरेलको पद माधब नेपालको हातमा



लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज (आइतबार)बाट सुरू हुने भएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।

अबिश्वास प्रस्ताब पेस भएपछी सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् । सोमबार मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि भोली (सोमबारै) अविश्वास प्रस्तावमाथि मतदान हुने छ ।

प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्। जसपाका ४ सांसद पदमुक्त सदर भएमा २ सांसद मात्र बाँकी रहनेछन् ।

पोखरेलविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले समिकरण बनाएको छ । उनिहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव पारित हुन पनि कम्तीमा ४१ मत आवश्यक पर्छ । तर विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुन्छ ।

मुख्यमन्त्री पोखरेलबिरुद्दको अविश्वास प्रस्तावमा मतदान हुँदा कर्णालिमा जस्तै फ्लोर क्रसको सम्भबना रहेको र बिपक्षिहरु फ्लोर क्रस हुनेमा बिश्वस्त देखिएका छन ।प्रदेश सभामा माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेमा मुख्य मन्त्री पोखरेलको सरकार ढल्ने निश्चितप्राय छ ।

 

 

 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ५० बजे