आइतबार ७,२११ जनामा संक्रमण पुष्टी ,२७ जनाले ज्यान गुमाए,



पछिल्लो २४ घण्टामा देशमा ७,२११ जना संक्रमित थपिएका छन् ।

१६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन परीक्षण गर्दा उक्त संख्ज्ञामा संक्रमित थपिएका हुन् ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन ।

यस सगै कोरोना सङ्क्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ३३ सय २५ पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ३,५९५ जना संक्रमित थपिएका छन् ।

 

प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार  १० : ५१ बजे