भिमप्रसादको ‘चिशंखु घिमिरे वंशावली’ विमोचन



ओखलढुंगाको चिशंखुगढी गाउपालिका वडा नम्बर २ पोखरेका भिम प्रसाद भिघिरेको पहिचान एक राजनीतिक तथा सामाजिक व्यक्तीत्व हो । वाहा विगत देखि साहित्य साधनामा लाग्नुभएको पनि होइन् । १७ बर्ष नेपाली सेनाको जागिरे जिवन विताएर अवकाश प्राप्त घिमिरेले ६४ बर्षको उमेरमा घिमिरे बन्धुको वंंशावली प्रकाशन गरेर फरक पहिचान बनाउनु भएको छ । वाहाले लेखेको ‘चिशंखु घिमिरे वंशावली’ गत शनिवार डा. भेषनाथ खनालले एक औपचारिक कार्यक्रमका विच विमोचन गर्नुभयो ।

आफुले छाडेर जादै गर्दा भावी पुस्तालाई पुख्र्यौलीका बारेमा जानकारी दिने उद्देश्यका साथ उक्त वंशावली प्रकाशन गरेको लेखक घिमिरेले बताउनुभयो । भावि सन्ततिहरुलाई केही छाडेर जानु पर्छ भन्ने सोचका साथ १५ बर्ष सम्म संकलन गरेका दस्तावेजहरुलाई एउटै पुस्तकका रुपमा प्रकाशन गरिएको घिमिरेको भनाइ छ । नेपाली कांग्रेसका चिशंखुगढी गाउपालिका वडा नम्बर २ पोखरेका पार्टी सभापति एवं जिल्ला कार्यसमिति सदस्य घिमिरे साहित्यीक सृजनामा चर्चित नाम नभएपनि वाहाले ६४ बर्षको उमेरमा पुस्तक प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इट्टा थपेको नेपाली कांग्रेसका जिल्ला उपसभापति तेजेन्द्र खनालले बताउनुभयो ।

चिशंखु घिमिरे बन्धु समाजका अध्यक्ष समेत रहनुभएका भिमप्रसाद घिमिरेलाई बहुप्रतिभावाना व्यक्तिका रुपमा हेरिएको नेपाली कांग्रेस प्रदेश नम्बर (क) ओखलढुंगाका सचिव गोपालमान थापाले बताउनुभयो । प्रकाशित वंशावलीलाई एक ऐतिहासिक दस्तावेज भएको डा.भेषनाथ खनाल बताउनुहुन्छ । शताब्दी पछिका पुस्ताले यसैको सहयोगमा अझ विस्तृतरुपमा आफ्नो वंशावली तयार गर्न सक्ने हुँदा ‘चिशंखु घिमिरे वंशावली’लाई नयाँ पुस्ताले सम्पतिका रुपमा लिनु पर्ने खनालले बताउनुभयो ।

पुस्तक विमोचनमा गाउपालिका अध्यक्ष निशान्त शर्मा, वडा अध्यक्ष तथा सदस्यहरु, विभिन्न राजनीतिक व्यक्तित्वहरु, साहित्यकार लगायतको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा गाउका सबैभन्दा ज्येष्ठ तीन जना घिमिरेबन्धुहरुलाई सम्मान समेत गरिएको शोभित कुमार घिमिरेले जानकारी दिनुभयो । यस ग्रन्थमा वंश मात्र नभइ घिमिरेहरुको ऐतिहासिक, सामाजिक सांस्कृतिक सन्दर्भहरु, घिमिरे पुर्खाहरुको उत्पति तथा विकास क्रम, कुल पुजा, श्राद्ध, विभिन्न साइत, गर्भ देखि अन्तयष्टी सम्मका कर्महरुलाई पिलिवद्ध गरिएकाले घिमिरे बन्धु संगै इतिहास बुझ्न चाहाने अन्य जो कोही व्यक्तिहरुका लागि समेत यो पुस्तक उपयोगि हुने देखिन्छ ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ७ : ३८ बजे