निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीले गरे घोषणा



प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फैलिएको संक्रमणलाई कम गर्न, यसबाट बच्न सबै देशवासीलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन्।

ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए ।

उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  १० : ४२ बजे