मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशसभाका सदस्य क्षेत्रीद्वारा राजीनामा, मुख्यमन्त्री पोखरेल थप अफ्ठेरोमा



लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । डाँगी दाङ २ (ख)मा नेकपा(एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य क्षेत्रीले स्वास्थ्यका कारण देखाई प्रदेशसभाका सभामुखसमक्ष आज राजीनामापत्र बुझाएका हुन । ।

राजनीतिक खिंचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण जनाई राजीनामा पेश गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रका उम्मेदवार कुल प्रसाद केसीको पक्षमा लागेका हुन ।।

मुख्यमन्त्री पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा उभिएपछि मुख्यमन्त्री पोखरेल थप अफ्ठेरोमा परेका छन्।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : ५९ बजे