ओखलढुंगामा संक्रमणको गति बढ्दै एन्टिजेन किट अभाव



ओखलढुंगामा दोस्रो लहरको नयाा भेरियन्ट कोरोना भाइरसको संक्रमण दैनिकजसो बृद्धि हुन थालेको छ । आज दुइ जनामा संक्रमण देखिए संगै जिल्लामा ९ जना कोरोना संक्रमित भएका हुन् । जिल्लामा कोरोना संक्रमणको अवस्था दैनिक बढिरहेपनि परिक्षणका लागि एन्टीजेन किट अभाव भएको छ ।

हालसम्म ४८ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ९ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताउनुभयो । जिल्लामा संक्रमणको अवस्था भयावह हुने सम्भावना बढरिहेपनि चेकजाँचका लागि आवश्यक एन्टीजेन अभाव भएको वाहाको भनाइ छ । संक्रमण फैलन नदिन सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउपालिका लगायत केही स्थानीय तहले सवारी साधन तथा हाट बजार बन्द गर्ने निर्णय गरेको छ । तर सबैभन्दा बढी भीडभाड हुने बैंक तथा वित्तिय संस्था खुला छन् । सरकारी कार्यालयमा भीडभाड देखिन्छ । यसतर्फ सरकारी निकायको ध्यान देखिदैन ।

जिल्लामा पछिल्लो पटक पिसिआर परीक्षण गरिएको छैन् । यसको किट तथा जनशक्तिबारे सरकारी निकायमा अन्यौल छ । पिसिआरका लागि जिल्ला स्वास्थ्य कार्यालयमा दुइ सय भिटिएम किट र १० थान एन्टीजेन किट मात्र बाँकी रहेको कार्यालयले जनाएको छ । सरकारी निकयबाट जिल्लामा पिसिआर मेसीनको व्यवस्था गर्नु पर्ने र सरकामरी निकाय बाट नसके प्राइभेट क्षेत्रलाई अनुमति दिएरै भएपनि पिसिआर मेसीन ल्याउनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । जिल्लामा मेसीन नहुँदा पिसिआर परिक्षणको रिपोर्ट काठमाण्डौ वा विराटनगरबाट आउन एक हप्ता भन्दा बढी लाग्ने भएकाले संक्रमणदर बृद्धिहुने संभावना बढी देखिन्छ ।

संघीय सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन स्थानीय सरकारलाई अधिकार दिए पनि स्थानीय सरकारले परीक्षण तथा रोकथामका काममा ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेका छन् । सरकारले पठाएको एन्टिजेन परिक्षणको किट समेत अभाव भएपछि पिसिआर परिक्षण गर्नु अत्यावश्यक रहेको स्वास्थ्य कार्यलय ओखलढुंगाका खोप सुपरभाइजर पुष्पराज पन्तले बताउनुभयो । कोभिड–१९ संक्रमण मध्य २ जना ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत छन भने अन्य संक्रमितहरु होम आइसुलेसनमा रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ५ : २३ बजे